Nepal Good Agriculture Practices (Nepal GAP)


स्वास्थ्य तथा आर्थिक दुवै पक्षबाट खाद्य स्वच्छताको महत्व दिनानुदिन बढ्दै गइरहेको छ । खाद्यजन्य रोगहरुको प्रकोपबाट उपभोक्तालाई बचाउन खाद्यान्नको सुरक्षित उत्पादन र व्यवस्थापन अति जरुरी हुन्छ । त्यसका अलावा विदेशी वा स्वदेशी बजारमा आफ्नो कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धिको लागि पनि खाद्यान्नको सुरक्षित उत्पादन अपरिहार्य हुन आएको छ ।खाद्यजन्य प्रकोप खाद्य श्रृखलाको विभिन्न तहबाट उत्पन्न भएको हुनसक्छ । जस्तो प्राथमिक उत्पादनको तहमा विषादीहरुको अवशेष स्वीकार्य तहभन्दा अधिक हुनु, जिवाणुको संक्रमण, गह्रौ धातुहरुको उपस्थिति आदि उत्पादनोत्तर विभिन्न रोगजन्य बस्तुहरुको संक्रमण आदि ।तसर्थ स्वच्छ खाद्य बस्तुहरुको उत्पादनको लागि असल कृषि अभ्यास एक उत्कृष्ट विकल्प हुने विश्वास गरिन्छ ।

संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठनले फर्मभित्रको उत्पादन र उत्पादनोत्तर प्रकृयाहरुको लागि तय गरिएका सिद्धान्तहरुको सँगालो जसले आर्थिक, सामाजिक र पर्यावरणीय दीगोपनालाई ध्यान दिंदै सुरक्षित र स्वस्थ खाद्य तथा अखाद्य कृषि बस्तुहरुको उत्पादन गर्न मद्दत गर्दछ " भनी असल कृषि अभ्यासलाई परिभाषित गरेको छ ।

असल कृषि अभ्यासलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोक्ताहरुले सुरक्षित कृषि बस्तुलाई पहिलो पूर्व सर्तका रुपमा लिने गरेका छन् ।यसका साथै असल कृषि अभ्यासले कृषि उत्पादनको प्रतिस्पर्धात्मकता बृद्धिका साथै दीगो कृषिलाई पनि योगदान गर्दछ ।

अतः स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई स्वस्थ र सुरक्षित खाद्य तथा कृषि बस्तु उपलब्ध गराउन, दीगो कृषिलाई योगदान पुर्याउन, निर्यात प्रवर्द्धनका साथै आयात व्यवस्थापन गर्न असल कृषि अभ्यासको आवश्यकता महशुस भएकोले राष्ट्रिय कृषि नीति 2061 र कृषि व्यवसाय प्रबर्द्धन नीति 2063 को मर्म अनुसार नेपाल असल कृषि अभ्यास (Nepal GAP) कार्यान्वयन निर्देशिका २०७२ तयार गरिएको छ । यस नेपाल असल कृषि अभ्यासलाई विश्वका विभिन्न असल कृषि अभ्यासहरु जस्तै ग्लोबल ग्याप, आसियन ग्याप, ईण्डि ग्याप, माल्दिभ्स ग्याप, भुटान ग्याप, फिल्ग्याप आदिसँग सामन्जस्यता गर्न सहज होस् भन्ने हेतुले तिनीहरुका साथै ISO मापदण्डहरुलाई विशेष ध्यान दिईएको छ ।

नेपाल असल कृषि अभ्यास अन्तर्गत पाँचवटा मोड्युलहरु रहनेछन् । ती पाँच मोड्युलहरु निम्नानुसारका छन् ।

क.   खाद्य स्वच्छता मोड्युल (Food Safety Module)
ख.    पर्यावरण व्यवस्थापन मोड्युल (Environment Management Module)
ग.     उपज उत्पादन गुणस्तर मोड्युल (Product Quality Module)
घ.     कामदारको स्वास्थ्य, सुरक्षा र हित / कल्याण मोड्युल (Worker health safety and welfare)
ङ.     सामान्य आवश्यकता मोड्युल (General Requirement Module)

 असल कृषि अभ्यास निर्देशन समिति

नेपाल असल कृषि अभ्यास (Nepal GAP) कार्यान्वयनको लागि असल कृषि अभ्यास निर्देशन समिति सबैभन्दा उच्च संयन्त्रको रुपमा रहनेछ । उक्त निर्देशन समितिको संरचना निम्नानुसार रहनेछ ।

अध्यक्ष              सचिव, कृषि विकास मन्त्रालय
सदस्य              कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद्

सदस्य              सहसचिव, योजना महाशाखा, कृषि विकास मन्त्रालय
सदस्य              सहसचिव, अनुगमन तथा मूल्यांकन महाशाखा, कृषि विकास मन्त्रालय
सदस्य              सहसचिव, नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा, कृषि विकास मन्त्रालय
सदस्य              सहसचिव, खाद्य सुरक्षा तथा वातावरण महाशाखा, कृषि विकास मन्त्रालय  
सदस्य              सहसचिव, उद्योग मन्त्रालय
सदस्य              सहसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सदस्य              सहसचिव, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय
सदस्य              महानिर्देशक, कृषि विभाग
सदस्य              महानिर्देशक, पशु सेवा विभाग
सदस्य              महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
सदस्य              महानिर्देशक, वातावरण विभाग
सदस्य              महानिर्देशक, वनस्पति विभाग
सदस्य              अध्यक्ष, कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ
सदस्य              कृषक प्रतिनिधि, उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट पुरस्कृत
सदस्य सचिव   सहसचिव, कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्यांक महाशाखा, कृषि विकास मन्त्रालय

असल कृषि अभ्यास प्राविधिक समिति

असल कृषि अभ्यास निर्देशन समितिलाई सहयोग गर्न एक प्राविधिक समिति रहनेछ । उक्त प्राविधिक समिति निम्नानुसार रहनेछ ।

संयोजक             सहसचिव, कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्यांक महाशाखा, कृषि विकास मन्त्रालय
सदस्य              सहसचिव, खाद्य सुरक्षा तथा वातावरण महाशाखा, कृषि विकास मन्त्रालय

सदस्य              उपमहानिर्देशक (योजना तथा जनशक्ति), कृषि विभाग
सदस्य              उपमहानिर्देशक (योजना), पशु सेवा विभाग
सदस्य              उपमहानिर्देशक (योजना), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
सदस्य              निर्देशक (वाली तथा वागवानी अनुसन्धान), नेपाल कृषि अनुसन्धान परिषद्
सदस्य              निर्देशक (पशु तथा मस्त्य अनुसन्धान) , नेपाल कृषि अनुसन्धान परिषद्
सदस्य              कार्यक्रम निर्देशक, वाली संरक्षण निर्देशनालय, कृषि विभाग
सदस्य              प्रतिनिधि, वातावरण विभाग
सदस्य              प्रतिनिधि, वनस्पति विभाग
सदस्य              प्रतिनिधि, नेपाल गुणस्तर तथा नापतौल विभाग
सदस्य              प्रमुख कार्यकारी अधिकृत, कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ
सदस्य              प्रतिनिधि, अर्गानिक सर्टिफिकेशन, नेपाल
सदस्य सचिव   अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन शाखा, कृषि विकास मन्त्रालय

असल कृषि अभ्यास प्राविधिक उप-समिति

असल कृषि अभ्यास प्राविधिक समितिलाई सहयोग गर्न कृषि विकास मन्त्रालय अन्तर्गत प्रत्येक विभागमा एक-एक प्राविधिक उपसमिति रहनेछ । प्रत्येक प्राविधिक उपसमितिले नेपाल कृषि अनुसन्धान परिषद्को तर्फबाट सदस्यको रुपमा संलग्नता सुनिश्चित् गर्नेछ । 

प्रमाणीकरण अंगको सचिवालय

संयोजक    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
सदस्य       नेपाल कृषि अनुसन्धान परिषद्

सदस्य       कृषि विभाग
सदस्य       पशु सेवा विभाग
सदस्य       नेपाल गुणस्तर तथा नापतौल विभाग
सदस्य       वातावरण विभाग
सदस्य       कृषि उद्यम केन्द्र

उल्लेखित प्रमाणीकरण अंगका सबै सदस्यहरु राजपत्राकिंत प्रथम श्रेणी वा सो सरहका रहने छन् ।साथै आवश्यकता अनुरुप विशेषज्ञहरुलाई आमन्त्रण गर्न सकिनेछ । तर गोपनीयता कायम गराउने जिम्मेवारी यसै अंगको रहनेछ ।